उर्लाबारी । उर्लाबारी बहुमुखी क्याम्पस स्ववियु निर्वाचनका लागि अखिल क्रान्तिकारीसहित तीन संगठनले उम्मेद्वार छान्न सकेको छैन ।
अखिल (क्रान्तिकारी) बाट सभापतिमा दिपेन्द्र बराईलीको चर्चा छ । तर, उम्मेद्वार छान्न सकेको छैन । अखिल (क्रान्तिकारी) बाट उर्गेन तामाङलाई उम्मेद्वार बनाउन कसरत भइरहेको छ । सुजन कार्कीको पनि सभापतिमा दाबी देखिएको छ । तेस्रो शक्तिका रुपमा रहेको अखिल (क्रान्तिकारी) मा मुख्य गरी बराईली र कार्कीको सशक्त दाबी देखिएको छ । यस्तै, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपाल, अनेरास्ववियूले भने उम्मेद्वारको विषयमा कुनै छलफल चलाएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय