
उर्लाबारी । उर्लाबारी बहुमुखी क्याम्पस स्ववियु सभापतिमा समाजवादी विद्यार्थी युनियन नेपालले विश्वास राईलाई उर्लाबारी बहुमुखी क्याम्पस स्ववियु सभापतिको उम्मेद्वार बनाउने निर्णय गरेको छ ।
सभापतिमा राईसहितको टिम नै घोषणा गरिसकेको विद्यार्थी नेता विशाल आङ्दम्बेले जानकारी दिनुभयो । विद्यार्थीहरुको हकहितका लागि सशक्त टिम बनाएर चुनाबी मैदानमा समाजवादी विद्यार्थी युनियन नेपाल होमिएको उहाँले बताउनुभयो ।