
उर्लाबारी । उर्लाबारी जेसीजले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नमूना बाल गृहकी अध्यक्ष मीनादेबी बराललाई सम्मान गरेको छ ।
शनिबार उर्लाबारी–७ स्थित बाल गृहमा पुगेर अध्यक्ष बराललाई सम्मान गरिएको हो । असहाय तथा आश्रयहीन बालबालिकालाई मातृत्व प्रदान गर्दै उनीहरूको हेरचाह, पालनपोषण, शिक्षा र दीक्षाको जिम्मेवारी वहन गरी समाजमा अतुलनीय योगदान पु¥याएको भन्दै उर्लाबारी जेसीजले अध्यक्ष बराललाई सम्मान गरेको उर्लाबारी जेसीजका अध्यक्ष टिकाप्रसाद भट्टराईले जानकारी दिनुभयो । अध्यक्ष भट्टराईसहित पूर्वअध्यक्ष मदनबाबु प्रसाईले अध्यक्ष बराललाई सम्मानपत्र प्रदान गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष मिलन पोखरेलले मीनादेबी बरालको यो महान् कार्यको कदर गर्न पाउँदा आफूलाई भाग्यमानी महसुस गरेको बताउनुभयो । पूर्व अध्यक्ष मदनबाबु प्रसाईंले जेसीज उर्लाबारी र नमूना बाल गृहबीचको सम्बन्धको बारेमा प्रकाश पार्नुभयो । सम्मान ग्रहण गर्दै मीनाकुमारी बरालले उर्लाबारी जेसीजलाई धन्यवाद दिँदै आभारी व्यक्त गर्नुभयो । कार्यक्रमको समापन गर्दै अध्यक्ष टिकाप्रसाद भट्टराईले यति ठूलो कार्य गर्न साहस र ठूलो हृदय आवश्यक पर्ने बताउँदै नमुना बाल गृहलाई सधैं उर्लाबारी जेसीजको साथ रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । २०५७ सालमा स्थापना भएको यो बाल गृहमा जम्मा १ सय ४८ जना बालबालिकाको संरक्षण गरिएको छ भने हाल ६८ जना बालबालिका सो गृहमा आश्रित छन् । कार्यक्रम महासचिव रोशन घिमिरेले सञ्चालन गर्नुभएको थियो ।