उर्लाबारी । ११५ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा मोरङको उर्लाबारीमा महिला प्रजनन् स्वास्थ्य सम्बन्धि परामर्श कार्यक्रम सम्पन्न भएको छ ।
नारी संकल्प साकोस उर्लाबारी–७ र ब्रहाकुमारी राजयोग सेवा केन्द्र उर्लाबारीको संयुक्त आयोजनामा उर्लाबारी–५ स्थित ब्रहाकुमारी राजयोग सेवा केन्द्र उर्लाबारी उक्त कार्यक्रम भएको हो । कोशी प्रदेशसभा सदस्य शोभा चेम्जोङ पालुङ्वाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा महिला प्रजनन स्वास्थ्यका बारेमा डा. चेतना श्रेष्ठले जानकारी गराउनुभएको थियो । कार्यक्रमकी प्रमुख अतिथि सांसद पालुङ्वाले नेपालको संविधानले गरेको व्यवस्था अनुसारका महिला हकका बारेमा स्पष्ट पार्नुभएको छ । महिलाविरुद्ध हुने सबै प्रकारका विभेद उन्मुलनका कुरा, लैंगिक समानता र महिला सशक्तिकरणलगायतका बारेमा उहाँले आफ्ना धारणा राख्नुभएको छ । समाज, राजनीति, अर्थतन्त्रमा महिलाको सहभागीता बढाउनुपर्ने पनि उहाँले जोड दिनुभयो । कार्यक्रममा सहकारीकर्मी तथा उर्लाबारी सहकारी सञ्जालकी अध्यक्ष सीता कार्कीलगायतले बोल्नुभएको थियो । कार्यक्रम नारी संकल्प साकोसकी अध्यक्ष गोमा नेपालको सभापतित्वमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय