
उर्लाबारी, उर्लाबारीमा १५ औं नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ सुरु भएको छ ।
उर्लाबारी नगरपालिकाको आयोजनामा उर्लाबारी–९ स्थित सार्वजनिक माविमा प्रतियोगिता सुरु भएको हो । आज नगर प्रमुख गंगाप्रसाद खरेलको अध्यक्षता र प्रदेश सांसद उमाकान्त गौतमको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि गौतम, नगर प्रमुख खरेल, उपप्रमुख मीना खतिवडा पौडेल, वडा नं. ९ का वडाध्यक्ष नरबहादुर मोक्तानले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गर्नुभयो । सार्वजनिक माविका प्रधानाध्यापक अखिलेश शाहका अनुसार तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नगरका २२ वटा विद्यालयले सहभागिता जनाएका छन् ।