मोरङ । नेकपा एमालेको १० औं जिल्ला अधिवेशनबाट अजम्वर राई अध्यक्षमा निर्वाचित हुनु भएको छ । मोरङको पदाधिकारीमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी समूहका सवै उम्मेदवार निर्वाचित भएका छन् ।
अध्यक्षमा उम्मेदवार राईले ४४६ मत ल्याउनुभयो । उहाँका निकटतम् प्रतिद्धन्द्धी संस्थापन समूह समर्थित राजकुमार ओझाले ४०७ मत ल्याउनुभयो । राईले ओझालाई ३९ मतान्तरले पराजित गर्नुभयो ।
उपाध्यक्षमा सागर थापा निर्वाचित हुनु भएको छ । उहाँले ४२२ मत ल्याउनुभयो । उहाँका निकटतम प्रतिद्धन्द्धी शान्ति लिम्वुले ३(१ मत ल्याउनुभयो । लिम्वु निवर्तमान संगठन कमिटी उपाध्यक्ष हुनुहुन्छ ।
सचिवमा सोमराज थापा निर्वाचित हुनु भएको छ । उहाँले ४६२ मत ल्याउनुभयो । उहाँका निकटतम प्रतिद्धन्द्धी रविन थापाले ३६८ मत ल्याउनुभयो । उपसचिवमा सन्तोष बान्तवा राई निर्वाचित हुनु भएको छ । उहाँले ४९० मत ल्याउनुभयो । उहाँका निकटतम प्रतिद्धन्द्धी इर्जालाल राजवंशीले ३११ मत ल्याउनुभयो । उपसचिवमा उषा झा निर्वाचित हुनु भएको छ । झाले ४१८ मत ल्याउनुभयो । उहाँकी निकटतम प्रतिद्धन्द्धी शिल्पा निरौला कार्कीले ४०५ मत ल्याउनुभयो । जिल्ला सदस्यहरुको भने मतगणना जारी छ । १६५ सदस्य कार्यसमितिका लागि भएको निर्वाचनमा यसअघि ७१ जना निर्विरोध निर्वाचित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय