उर्लाबारी । वषौंसम्म्म नबिग्रने विशेषगरी पहाडी क्षेत्रमा उत्पादन हुने अन्न हो, कोदो । मानिसको शरीरमा आवश्यक पर्ने प्रोटिनको मात्रा अत्याधिक हुने कोदोको पिठो र कोदो उर्लाबारी कृषि, औद्योगिक तथा पर्यटन महोत्सव विक्री वितरण भइरहेको छ ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले महोत्सवमा स्टल नै राखेर भोजपुरको कोदोको प्रचारसहित विक्री वितरण गरेको हो । महोत्सवमा कोदो, कोदोको पिठो र कुँचो विक्री वितरण भइरहेको कृषि तथा सांस्कृतिक संयोजक प्रभू राईले जानकारी दिनुभयो ।
कोदोमा मानिसको शरीरमा आवश्यक पर्ने धेरै किसिमका पौष्टिक तत्व पाइने भएकाले यो स्वास्थ्यका लागि पनि बहुउपयोगी मानिन्छ । मधुमेह जस्ता रोगका बिरामीलाई पनि खान हुने भएकाले बजारमा कोदोको अत्याधिक माग हुने गरेको छ । कोदोबाट रोटी, ढिँडो, पुवा जस्ता परिकार बनाउने गरिन्छ भने यसबाट घरेलु मदिरा पनि बनाउने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय