
उर्लाबारी । एक महिनाको अन्तरमा दुई वटा ठूला चोरीका घटना भएपछि मोरङको उर्लाबारीका प्रहरी निरीक्षकलाई कोशी प्रदेश प्रहरी गण, रानी तानिएको छ ।
शान्ति सुरक्षा मजबुद बनाउन नसकेको ठहरसहित प्रहरी निरीक्षक राकेश यादवलाई कोशी प्रदेश प्रहरी गण, रानी तानिएको हो । उहाँको स्थानमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी निरीक्षक रन्जन बराललाई पठाइएको छ । उहाँले बुधबार दिउँसोदेखि उर्लाबारीको कमाण्ड सम्हालिसकेका छन् ।
प्रहरी स्रोतका अनुसार उर्लाबारी क्षेत्रमा अपराध, चोरी–डकैती तथा लागूऔषध सम्बन्धी घटनाहरू बढ्दै गएपछि सुरक्षा व्यवस्था सुदृढ गर्न नसकेको भन्दै यादवलाई काज स?वा गरिएको छ । यसअघि, गत असोज १) गते उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासको सिन्धुलीको दुधौलीस्थित बागमती प्रदेश प्रहरी तालिम केन्द्रमा स?वा भएको थियो । त्यसपछि महानगरीय प्रहरी वृत्र् जनसेवा, काठमाडौंबाट आएका राकेश यादवले इलाका प्रहरी कार्यालय उर्लाबारीको कमाण्ड सम्हालेका सम्हाल्नुभएको थियो । पछिल्लो समयमा उर्लाबारी चोरीका घटनासँगै यौनधन्दा, तस्कारीलगायतका घटना बढेको भन्दै प्रहरीको आलोचना हुँदै आएको थियो ।