उर्लाबारी । पूर्वी मोरङको अग्रणी तथा पूरानो उर्लाबारी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको सरगर्मी बढेको छ ।
चैत्र ५ गतेका लागि तय गरिएको स्ववियु निर्वाचनको उर्लाबारी बहुमुखी क्याम्पससहित देशभरीका क्याम्पसहरुमा निर्वाचनको सरगर्मी बढेको हो ।
निर्वाचनका अन्तरगत उर्लाबारी बहुमुखी क्याम्पसमा ६ वटा विद्यार्थी संगठन दर्ता भएका छन् । नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी, नेकपा एमालेनिकट अनेरास्ववियु, कांग्रेसनिकट नेपाल विद्यार्थी संघ, राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपाल, जसपानिकट समाजवादी विद्यार्थी युनियन नेपाल र नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियूले संगठन दर्ता गराएका छन् ।
संगठन दर्ता भएसँगै चुनाबी महोल तातेको छ । कुनै पनि संगठनले उम्मेद्वारको छिनोफानो भने गरेका छैनन् । यसअघि प्यानलै जितेको नेपाल विद्यार्थी संघबाट अर्विन घिमिरे सभापतिको उम्मेद्वार बन्ने सम्भावना उच्च रहेको स्रोतले जानकारी दिएको छ । घिमिरे सभापति पदको उम्मेद्वार बन्न लबिङ अघि बढाइसकेका छन् । केही दिनभित्रै नेपाल विद्यार्थी संघले उम्मेद्वार छनौट गर्ने बताइएको छ । यता, एमालेनिकट अनेरास्ववियुबाट गौतमबुद्ध तामाङ सभापतिको उम्मेद्वार बन्ने सम्भावना रहेको छ । त्यस्तै, माओवादी निकट अखिल क्रान्तिकारीबाट दिपेन्द्रबहादुर बराईली उम्मेद्वार बन्ने सम्भावना रहेको छ । यसअघि पनि प्रत्यक्षमा उम्मेद्वार बनेका बराईलीले राम्रो मत ल्याएपनि विजयी हुन सकेका थिएनन् । बराइलीसहित उगेन घिसिङ र सुजन कार्कीको पनि नाम चर्चामा छ । अन्य संगठनहरुले भने समिकरण गरेर जाने सम्भावना देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय