उर्लाबारी, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालमा स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको उपस्थिति महत्वपूर्ण रहेको बताउनुभयो ।
आइतबार मोरङको उर्लाबारी–५ मा रहेको अरनिको हस्पिटलमा आधुनिक सीटी स्क्यान सेवाको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । निजी क्षेत्रले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नका लागि निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाई छ । मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय र विश्वसनीय बनाउनु पर्नेमा जोड दिनुभयो । मन्त्री पौडेलले स्वास्थ्य सेवा सधैं गुणस्तरीय हुनुपर्ने बताउनुभयो । निजी क्षेत्रलाई ब्यवस्थित र प्रभाकारी सेवा प्रवाह गर्ने विषयमा सरकार सहकार्य गरेर अघि बढ्न तयार रहेको उहाँले प्रष्ट पार्नुभयो । खर्च गर्न नसक्नेहरुलाई समस्या बुझेर सहुलियतमा उपचारको ब्यवस्था मिलाइदिन हस्पिटल प्रशासनलाई आग्रह समेत गर्नुभयो ।
अरनिको हस्पिटलले आधुनिक सीटी स्क्यान सेवा सुरु गरेको छ । ४ करोडको लगानीमा सीटी स्क्यान सञ्चालनमा ल्याइएको अरनिको हस्पिटल प्रा.लि. का अध्यक्ष लोलिम पोमुले जानकारी दिनुभयो । सीटी स्क्यान सञ्चालन आएपछि अब अस्पतालबाट सेवा लिन आउने बिरामीले बाहिर जानुपर्ने बाध्यता हटेको उहाँको भनाई छ । खासगरी, मष्तिष्कघात, मष्तिष्कघात भित्रका चोट, नशामा रगत जमेको, क्यान्सर, घाँटीको समस्या, हड्डीको समस्या, पेटको समस्याको पहिचानलगायतका लागि सीटी स्क्यान मेसिनको आवश्यकता पर्ने गर्दछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय