
उर्लाबारी । मोरङको उर्लाबारी–५ मा रहेको अरनिको हस्पिटलमा आधुनिक सीटी स्क्यान सेवा उद्घाटन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल आउँदै हुनुहुन्छ ।
आज विहान ११ बजे मन्त्री पौडेल सीटी स्क्यान सेवा उद्घाटनका लागि आउने अरनिको हस्पिटलका अध्यक्ष लोलिम पोमुले जानकारी दिनुभयो । अरनिको हस्पिटलले ४ करोडको लगानीमा सीटी स्क्यान सञ्चालनमा ल्याइएको छ ।