उर्लाबारी । मोरङको उर्लाबारी–५ मा रहेको अरनिको हस्पिटलमा आधुनिक सीटी स्क्यान सेवा सुरु भएको छ ।
आधुनिक सीटी स्क्यान मेसिन जडानसँगै सेवा सुरु भएको हो । ४ करोडको लगानीमा सीटी स्क्यान सञ्चालनमा ल्याइएको अरनिको हस्पिटल प्रा.लि. का अध्यक्ष लोलिम पोमुले जानकारी दिनुभयो । सीटी स्क्यान सेवाको उद्घाटन आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
सीटी स्क्यान सञ्चालन आएपछि अब अस्पतालबाट सेवा लिन आउने बिरामीले बाहिर जानुपर्ने बाध्यता हटेको उहाँको भनाई छ । खासगरी, मष्तिष्कघात, मष्तिष्कघात भित्रका चोट, नशामा रगत जमेको, क्यान्सर, घाँटीको समस्या, हड्डीको समस्या, पेटको समस्याको पहिचानलगायतका लागि सीटी स्क्यान मेसिनको आवश्यकता पर्ने गर्दछ । यसअघि नै आईसियू सेवा विस्तार गरिसकेको छ । हस्पिटलले यस क्षेत्रका जनतालाई सेवा प्रदान गर्ने, निःशुल्क डाइलासिस सेवा, ६४ स्लाइको सिटी स्क्यानर मेसिनसहित न्यूरो सर्जरी सेवा प्रदान गर्ने लक्ष्य रहेको अध्यक्ष पोमुले जानकारी दिनुभयो ।
२०७० सालमा स्थापना भएको उक्त हस्पिटलले अन्य निजी अस्पतालभन्दा स्वास्थ्य सेवा, गुणस्तर र सहुलियतका दृष्टिले फरक रूपमा रहेको छ । हस्पिटलले अत्याधुनिक स्वास्थ्य उपकरणको प्रयोग गरी ख्यातिप्राप्त चिकित्सकहरूबाट विशिष्ट स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । आधुनिक प्रविधि सम्पन्न उक्त हस्पिटलमा पूर्वी मोरङका साथै झापा, इलाम, पाँचथरलगायत स्थानबाट समेत उपचारका लागि बिरामी आउने गरेको अध्यक्ष लोलिम पोमुले जानकारी दिनुभयो । हस्पिटलमा पूर्णकालिन बिशेषज्ञ चिकित्सकहरूबाट दैनिक सेवा, २४ सैं घण्टा आकस्मिकसहित इमरजेन्सी सेवा, २४ सैं घण्टा अत्याधुनिक औजार र उपकरण दक्ष जनशक्तिसहितको ल्याव सेवा, भिडियो एक्स–रे सेवा, डिजिटल एक्स–रे सेवा, हाडजोर्नी, जनरल सर्जरी सम्बन्धि शल्यक्रिया सेवा, निःशुल्क डेलिभेरी सेवा, आधुनिक उपकरणसहितको पोष्टअपरेटिभ सेवा, फिजियोथेरापी सेवालगायत सेवा दिँदै आएको छ । नेपाल सरकारकाको स्वास्थ्य बिमा कार्यक्रमसमेत यो हस्पिटलमा लागु गरिएको छ । बिरामीहरुलाई गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको अरनिको हस्पिटलले आर्थिक अवस्था कमजोर भएका बिरामीहरुको निःशुल्क उपचारको ब्यवस्था समेत मिलाउँदै आएको छ । अरनिको हस्पिटलमा मासिक ४ हजार देखि ६ हजारसम्म विरामीहरुले ओपिडी सेवा लिँदै आउनुभएको छ भने आकस्मित सेवा ८ सय देखि १ हजार ५ सय सम्मले सेवा लिँदै आएको हस्पिटल प्रशासनले जनाएको छ । साथै दुर्घटनामा परेका बिरामीहरुलाई तत्काल आवश्यक पर्ने उपचार उपलब्ध गराई ज्यान जोखिमबाट मुक्त गर्ने कार्य अरनिको हस्पिटलले गर्दै आएको छ । मोरङमा विराटनगरबाहिर अरनिको हस्पिटलले इको कार्डियोग्राफी, ईण्डोस्कोपी, भेन्टिलेटर एनेस्थेसिया मेसिनबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय