उर्लाबारी । त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते हुने भएपछि उम्मेद्वारहरुको चर्चा परिचर्चा हुन थालेको छ ।
यसैबीच मोरङको उर्लाबारी–४ स्थित उर्लाबारी बहुमुखी क्याम्पसमा पनि चुनाबी सरगर्मी बढ्न थालेको छ । गत निर्वाचनमा नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले प्यानलै जितेको थियो । यस पटक कुन संगठनले बाजी मार्ला ? भन्ने विषय चासोका साथ हेरिएको छ । नेविसंघले विजयी हासिल गर्नु पूर्व एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको किल्लाको रुपमा परिचित थियो । यस पटक एमाले र कांग्रेसबीच गठबन्धन सरकार रहेकाले उर्लाबारी बहुमुखी क्याम्पस पनि चुनाबी गठबन्धन हुने वा नहुने प्रष्ट खाका आइसकेको छैन । त्यसैकारण दुबै संगठनले छलफल र उम्मेद्वार छनौटको गृहकार्य गरिरहेको बुझिएको छ ।
यता नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) ले गठबन्धन नगरी एक्लै चुनाब लड्ने तयारी गरिरहेको छ । अनेरास्ववियु (क्रान्तिकारी) उर्लाबारी बहुमुखी क्याम्पस इकाई कमिटीका इन्चार्ज तथा कार्यवहाक अध्यक्ष दिपेन्द्रबहादुर बराईलीले कुनै संगठनसँग पनि गठबन्धन नगरी विद्यार्थीहरुको हकहितमा काम गर्न सक्ने उम्मेद्वारहरुलाई अघि सार्ने गृहकार्य अघि बढाइसकेको बताउनुभएको छ । बराईलीकै नेतृत्वमा अनेरास्ववियु (क्रान्तिकारी)ले उर्लाबारी बहुमुखी क्याम्पसमा उम्मेद्वार उठाउने तयारी गरिरहेको जानकार स्रोत बताउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय