काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता रामबहादुर थापा बादल समूहका नेताहरुले संसद विघटन प्रतिगामी कदम भएको बताएका छन् ।

थापाले सोमबार आफू निकट नेताहरुलाई मन्त्री क्वार्टर पुल्चोकमा बोलाएर छलफल गरेका थिए । पम्फा भुसाल, देव गुरुङ लगायत २० जनाभन्दा बढी नेता सहभागी थिए । भेलामा सहभागी सबैको एउटै स्वर थियो,‘‘यो कदम प्रतिगामी हो, यसमा हामी मुकदर्शक भएर बस्न सक्दैनौं ।’ आफ्ना समूहले साथ नदिने बुझेपछि
जवाफमा बादलले भने परामर्श गरेर निर्णय दिन्छु भनेको एक नेताले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको गुटमा बादल समूह नजाने बुझेपछि अब बादलले के गर्छन् भन्ने विषय उत्पन्न भएको छ । बादल निकट धेरैले अहिले उनको साथ छोडेर प्रचण्ड माधब नेपाल गुटलाई साथ दिइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय