मोरङको उर्लाबारीमा यही फागुन १५ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने उर्लाबारी कृषि, औद्योगिक तथा पर्यटन महोत्सव २०८१ हुँदैछ ।
उर्लाबारी उद्योग बाणिज्य संघको आयोजनामा उर्लाबारी–४ आइतबारे स्थित उर्लाबारी नगरपालिका दक्षिण क्षेत्रमा हुने औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव भब्यताका साथ सफल बनाउनु सबैको दायित्व हो । महोत्सवलाई उत्साहजनक बनाउन सबै पक्ष एकजुट भएर लाग्नै पर्छ । कृषि, उद्योग, पर्यटन क्षेत्रका विभिन्न प्रदर्शनी, सांस्कृतिक कार्यक्रम र व्यापारिक स्टलहरू रहने छन् । जसले गर्दा महोत्सवबाट स्थानीय व्यापार, पर्यटन र संस्कृति प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । यसले उर्लाबारीकोे व्यापार, व्यवसायलाई चलायमान बनाउन सहयोगी भूमिका खेल्ने देखिन्छ । उर्लाबारीमा रहेका १७ जनजातिका सांस्कृतिक प्रवद्र्धन गर्ने होस् वा राष्ट्रिय तथा स्थानीय कलाकारको उपस्थितिमा दैनिक सांस्कृतिक तथा सांगितिक कार्यक्रम हुनेछ । उत्पादक र उपभोक्ताबीच सुमधुर सम्बन्ध कायम गर्ने हेतुले आयोजना गरिएको महोत्सवमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगका अतिरिक्त विदेशका वस्तुहरु र पहाडी जिल्ला, स्थानीय कृषिजन्य र अन्य उत्पादनका स्टल रहने छन् । यो महोत्सव उर्लाबारीको पहिचान र गरिमासँग जोडिएको छ । यो महोत्सवलाई भब्य र सभ्य रुपमा सम्पन्न गराउन तपाई हाम्रो अहम् भूमिका हुन आवश्यक छ । उर्लाबारीसहित आसपासका पालिकाहरु वा जिल्लाबाटसमेत यहाँ महोत्सवमा आगन्तुहरु आउने छन् । यो उर्लाबारीको पहिचान र विकासका लागि खुट्किलो बन्न सक्छ । त्यसैले यो महोत्सवलाई ऐतिहासिक बनाउन सहभागी बनांै, अवलोकन गरौं, सफल पारौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय