
काठमाडौं। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओलीले आफू निकटका नेताहरूको भेला बोलाएका छन् ।
ओलीले आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा आफू निकटका नेताहरूको भेला बोलाएका हुन् ।
भेलामा ओली निकटका विघटित प्रतिनिधिसभाका सांसद र केन्द्रीय नेताहरूको उपस्थिति हुनेछ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।
नेकपाको स्थायी समिति बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ ।
केन्द्रीय कमिटी बैठक पुस ७ गते बोलाउने निर्णय गरिएको छ ।