उर्लाबारी । नेपाल योग खेलकुद संघको आयोजनामा काठमाडौंको टोखामा शनिबार सम्पन्न छैटौं राष्ट्रिय योग खेलकुद प्रतियोगितामा नमूना बाल गृहले २ स्वर्ण, ३ रजत र १ कास्य जितेको छ ।
उर्लाबारी–७ स्थित महिला विकास तथा बालबालिका चेतना केन्द्र अन्तर्गत सञ्चालित नमूना बालगृहकी स्वइच्छा थापा र किरण मगरले स्वर्ण जित्नुभएको छ भने चाँदनी दर्जी, सुन्दर सार्की र जय चौधरीले रजत र रोशन चेम्जोङले कास्य पदक जित्नुभएको छ । कोशी प्रदेशबाट प्रतिनिधित्व हुँदै उर्लाबारीको नमूना बाल गृहबाट १३ जना सहभागी हुनुभएको थियो । देशभरबाट सहभागी भएका ३ सय भन्दा बढीसँग प्रतिष्पर्धा गर्दै २ स्वर्ण, ३ रजत र १ कास्य जितेको गृहकी अध्यक्ष मिनादेवी बरालले जानकारी दिनुभयो । बाल गृहले ऐतिहासिक जित हासिल गर्न सफल भएको भन्दै उहाँले खुशी प्रकट गर्नुभयो । स्वर्ण र रजत विजतोहरुले मलेसियामा हुने १६ औँ अन्तर्राष्ट्रिय खेलमा नेपालको प्रतिनिधित्व गर्ने मौका पाउने छन् । संस्थाले भविष्यमा अझ कठिन चुनौतीहरूको सामना गर्दै देशको नाम अझ उच्च बनाउने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय