उर्लाबारी । मोरङको उर्लाबारीमा यही फागुन १५ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने उर्लाबारी कृषि, औद्योगिक तथा पर्यटन महोत्सव २०८१ को १ हजार टि–सर्ट विक्री गरिने भएको छ ।
शनिबार उर्लाबारी उद्योग वाणिज्य संघको सभाहलमा भएको पत्रकार भेटघाट कार्यक्रममा सो जानकारी गराइएको हो । महोत्सव प्रवेशका लागि प्रति टि–सर्ट सहयोग स्वरुप २ हजार १ सय रुपैयाँमा विक्री भइरहेको महासचिब सम्झना खतिवडाले जानकारी दिनुभयो । उहाँले महोत्सवको प्रचारप्रसारका लागि महोत्सव टि–सर्ट खरिद गरी सहयोग गर्न समेत अनुरोध गर्नुभयो । टी सर्ट बिक्रीबाट संकलन भएको रकमले आगो निभाउने उपकरण रिफिल गर्ने मेसिन खरिद गरिने सदस्य केशब भट्टराईले जानकारी दिनुभयो । सो अवसरमा उर्लाबारीका सक्रिय सञ्चारकर्मीहरूलाई महोत्सवको प्रवद्र्धनका लागि १÷१ थान टि–सर्ट वितरण गरिएको छ । उर्लाबारी उद्योग बाणिज्य संघको आयोजनामा उर्लाबारी–४ आइतबारे स्थित उर्लाबारी नगरपालिका दक्षिणतर्फको क्षेत्रमा महोत्सव लाग्दै छ । महोत्सवमा कृषि, उद्योग, पर्यटन क्षेत्रका विभिन्न प्रदर्शनी, सांस्कृतिक कार्यक्रम र व्यापारिक स्टलहरू रहने जनाइएको छ । महोत्सवबाट स्थानीय व्यापार, पर्यटन र संस्कृति प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा राखिएको अग्रज सञ्चारकर्मी दुर्गाप्रसाद खतिवडाले बताउनुभयो । महोत्सवको प्रचारप्रसार तीब्र पारिएको प्रचारप्रसार समितिका संयोजक कुमार खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय