पथरी । मोरङको कानेपोखरी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को दोस्रो गाउँ अधिवेशन, खबरदारी सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई प्रभावकारी बनाउन छिमेकी पालिकाहरुमा समेत तयारी गीव्र बनाइएको छ ।

जसका लागि मोरङको पथरी शनिश्चरे नगरपालिकामा नेकपा (माओवादी केन्द्र) को नगर समिति बैठक सम्पन्न भएको छ । बैठकमा पार्टी संगठन विस्तार, भ्रष्टाचारविरुद्ध संघर्ष, पार्टी प्रवेश तथा भावी रणनीतिहरूका विषयमा छलफल गरिएको थियो । बैठकमा पार्टी अध्यक्ष गोविन्द कटुवाल तथा मोरङ जिल्ला ईन्चार्ज कुलप्रसाद साँबाको उपस्थितिमा विभिन्न प्रस्तावहरू पारित गरिएका छन् । बैठकले विशेष रूपमा पार्टी सुदृढीकरण तथा नयाँ सदस्यहरूलाई संगठित गर्ने निर्णय गरेको छ ।

बैठकले पूर्व विभिन्न दलहरूमा आबद्ध रहेका नेताहरूलाई पार्टीमा स्वागत गरेको छ । विशेष गरी स्थानीय तहका पूर्व पदाधिकारीहरू माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बैठकले आगामी स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै संगठन सशक्त बनाउने निर्णय समेत गरेको छ ।

नेकपा (माओवादी केन्द्र) ले तराई–मधेश क्षेत्रमा आफ्नो संगठन विस्तार तथा जनसंपर्क अभिवृद्धि गर्ने उद्देश्यले ’जनतासँग माओवादी’ अभियान सञ्चालन गरिरहेको छ । उक्त अभियान अन्तर्गत विभिन्न जिल्लाहरूमा जनसभाहरू तथा संगठन सुदृढीकरणका गतिविधिहरू गरिँदै छन् । पार्टीले जनताका समस्यालाई सम्बोधन गर्न यस अभियानलाई विशेष प्राथमिकता दिएको छ ।
यसरी, नेकपा (माओवादी केन्द्र) ले देशभर आफ्नो गतिविधिहरू तीव्र पार्दै संगठन सुदृढीकरण तथा जनसम्पर्क अभिवृद्धिमा ध्यान दिइरहेको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय