उर्लाबारी । सरकारले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा उर्लाबारीका ३ हजार ८ सय ६१ जना किशोरीले खोप लगाएका छन् ।
गत माघ २२ गतेदेखि सुरु भएको खोप अभियान मंगलबार सकिएको थियो ।
अभियानमा ४ हजार १ सय ११ जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको थियो । सरकारले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका गत कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका लागि खोप अभियान सञ्चालन गरेको थियो । उर्लाबारी–१ मा २ सय ७४ जना, उर्लाबारी–२ मा ४ सय ५१ जना, उर्लाबारी–३ मा ३ सय ४५ जना, उर्लाबारी–४ मा ५ सय १ जना, उर्लाबारी–६ मा १ हजार २० जना, उर्लाबारी–७ मा ५ सय ६२ जना, उर्लाबारी–८ मा ३ सय ७३ जना र उर्लाबारी–९ मा २ सय ७५ जनाले क्यान्सरविरुद्धको एचपिभी खोप लगाएको उर्लाबारी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख सुरेश खड्काले जानकारी दिनुभयो । नेपालमा हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट चारजना महिलाको मृत्यु हुने गरेको तथ्यांक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय