सुनसरी । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो पार्टी संविधान संशोधनको पक्षमा रहेको बताउनुभयो ।
माओवादी केन्द्र धरान उपमहानगर समितिले बिहीबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले सो कुरा बताउनुभएको हो । समग्र जनताको हित, विकास र समृद्धि प्राप्ति गर्न संविधानको मूल मर्मको रक्षा हुने गरी माओवादी संविधान संशोधनको पक्षमा रहेको उहाँको भनाई छ ।
लोकतन्त्रको रक्षा गर्न सामाजिक आर्थिक रुपान्तरण आवश्यक रहेको बताउँदै उहाँले सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्राथमिकतामा राखेर संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो । ताप्लेजुङको पाथीभरामा निर्माण गर्न लागेको केबलकार विवादले धरान प्रभावित भइरहेको विषयमा उहाँले स्थानीयबासिन्दाको मागलाई सम्बोधन गरेर केबलकार निर्माण गर्नुपर्ने र वार्ताकै माध्यमबाट विवाद समाधान गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय