उर्लाबारी । मोरङको उर्लाबारीमा यही फागुन १५ गतेदेखि सञ्चालन हुने ‘उर्लाबारी कृषि, औद्योगिक तथा पर्यटन महोत्सव’ को तयारी तीब्र पारिएको छ ।
उर्लाबारी उद्योग बाणिज्य संघको आयोजनामा हुने उक्त महोत्सवको तयारी तीब्र पारिएको हो । उर्लाबारी नगरपालिका कार्यालय दक्षिणतर्फ लाग्ने महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गर्ने कार्यक्रम रहेको उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष तारामान सिरेङले जानकारी दिनुभयो । महोत्सवबाट बचत भएको रकमबाट व्यावसायीहरूको सुरक्षाको सुनिश्चितता गर्दै आगो निभाउने उपकरण रिफिल गर्ने मेसिन खरिद गरिने जनाइएको छ ।
महोत्सवमा विभिन्न आकर्षक स्टलहरू र प्रदर्शनीहरू रहने छन् । आदिवासी फुड स्टल, अटोमोबाइल स्टल, दैनिक उपभोग्य वस्तु र सेवाहरू, हस्तकलाका उत्पादनहरू, साना तथा घरेलु उत्पादनहरू, गार्मेन्ट, शैक्षिक तथा वित्तीय संस्थाहरू, होटल र रेष्टुरेन्ट, अटोमोबाइल, फुटवेयर, निर्माण सामग्री, इलेक्ट्रोनिक्स, फर्निचर र फर्निसिङ सामाग्रीहरू, जडिबुटी र औषधीजन्य वस्तुहरू, सांस्कृतिक प्रदर्शनी र बाल उद्यान तथा मनोरञ्जनात्मक खेल तमासाहरु रहने जनाइएको छ । महोत्सवमा १० दिनको अवधिमा ३ लाख भन्दा बढी दर्शकहरूको सहभागिता र करिब १५ करोड रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको छ । यस महोत्सवमा १ सय ५० भन्दा बढी व्यापारिक स्टलहरू रहनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय