
उर्लाबारी । नेकपा (माओवादी केन्द्र) मिक्लाजुङ गाउँपालिका मोरङको दोस्रो अधिबेशनबाट पुनः अध्यक्षमा उमेश राई सर्वसम्मत चयन हुनुभएको छ ।
गाउँकमिटीको उपाध्यक्षमा प्रदीप पौडेल, बन्दना कट्टेल, टेक बहादुर रुचाल, सचिबमा मनोज पौडेल र सह–सचिबमा घलिन्द्र खड्का सर्वसम्मत चयन भएको माओवादी केन्द्रका नेता तथा मोरङ सह–इन्चार्ज प्रेम मिभकले जानकारी दिनुभयो । जनताको पार्टी माओवादी नै भएको उल्लेख गर्दै आगामी निर्वाचनमा मिक्लाजुङमा माओवादी पहिलो बनाएरै छोड्ने नवनिर्वाचित अध्यक्ष राईले दृढ संकल्प राख्नुभएको छ । हाल मिक्लाजुङमा उपाध्यक्षसहित दुई वडाध्यक्ष जितेको छ ।