उर्लाबारी । प्रजातन्त्र दिवसको अवसरमा मोरङको उर्लाबारीमा सुरु भएको प्रदेश स्तरीय नकआउट भलिबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक उर्लाबारी युवा क्लब र पशुपति आमाबि विजयी भएका छन् ।
उर्लाबारी युवा क्लबको आयोजनामा बुधबार भएका दुई खेलमा आयोजक टीम उर्लाबारी युवा क्लब र पशुपति आमाविले विजयी भएका हुन् । उर्लाबारी–५ स्थित राधिका माविको खेल मैदानमा भएको पहिलो खेलमा उर्लाबारी युवा क्लबले पथरीशनिश्चरे टिमलाई ३–१ को सेटको अन्तरले पराजित गरेको थियो । सो खेलको म्यान अफ दी म्याच आयोजक उर्लाबारी युवा क्लबका लिला डाँगी भए ।
त्यस्तै, बुधबार नै भएको दोस्रो खेलमा योसेक क्लब मंगलबारेलाई परािजत गर्दै पशुपति आवासीय मावि दोस्रो चरणमा प्रवेश गरेको छ । वेस्ट अफ थ्री सेटका आधारमा खेलाइएको दोस्रो खेलमा पशुपति आवासीय माविले २–१ को सेट अन्तरले जित निकालेको हो । उक्त खेलमा पशुपति आवासीय माविका मिसन राई म्यान अफ दी म्याच घोषित भए । प्रतियोगितामा कोशी प्रदेशभरीका ११ टिमको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष रोहित थापाले जानकारी दिनुभयो । उक्त प्रतियोगिताको प्रथम हुने टिमले नगद १ लाख १ हजार रुपैयाँ तथा उपबिजेता टिमले नगद ५५ हजार साथै मेडल र ट्रफी प्राप्त गर्ने उपाध्यक्ष मनोज तामाङले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय