दिपेन्द्रबहादुर बराईली
उर्लाबारी । मोरङको उर्लाबारी चौकमा रहेको मोवाइल वल्र्डमा चोरी भएको दुई साता वित्दा पनि चोरीमा संलग्न पक्राउ परेका छैनन् ।
उर्लाबारीको मुख्य चौकमै रहेको मोवाइल पसलबाट ठूलो चोरीको घटना भएको दुई साता वित्दा पनि प्रहरीले घटना संलग्नहरुलाई पक्राउ गर्न नसकेको भन्दै स्थानीय व्यवसायीहरु आक्रोशित बनेका छन् । उनीहरुले उर्लाबारीमा शान्ति सुरक्षा खस्किएको भन्दै प्रहरी प्रशासनको आलोचना गरिरहेका छन् । यता प्रहरीले भने अनुसन्धान अन्तिम चरणमा प्रहरी प्रवेश गरेको जनाएको छ ।
गत माघ २१ गते रातको करिब १ बजेको समयमा करिब ४ करोड रुपैयाँ बराबरको मोवाइल चोरी भएको थियो । प्रहरीले चोरी कार्यमा संलग्न व्यक्तिको पहिचानको कार्य अन्तिम चरणमा पु¥याएको र अन्य केही प्राविधिक पाटाहरु अनुसन्धानबाट पुष्टी हुन बाँकी रहेको जनाएको छ । घटनाका बारेमा उर्लाबारी उद्योग वाणिज्य संघले प्रहरीको ध्यानाकर्षण गराउँदै अनुसन्धान प्रक्रियालाई ढिलासुस्ती नगरी परिणाममुखी बनाउन आग्रह गरेको छ । आईतबार उर्लाबारी उद्योग वाणिज्य सघका अध्यक्ष तारामान सिरेङको नेतृत्वमा वाणिज्य संघको कार्यसमिति, संघका पूर्व अध्यक्षहरु, मोवाइल बल्र्डका सञ्चालक योगराज कार्कीसहितको टोली ईलाका प्रहरी कार्यालय उर्लाबारी पुगेको थियो । यता व्यवसायीहरुले केही दिनभित्रै प्रहरीले घटनाका संलग्नहरुको पहिचान गरी सार्वजनिक नगरे चरणबद्ध आन्दोलन गर्ने तयारी गरिरहेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय