सुनसरी, सुनसरीको धरान-१८ स्थितमा सिटी सफारीको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
फागुन ०२ गते दिउँसो साढे १० बजे प्र.१-०२-००३ ह ८७२९ नम्बरको सिटी सफारी आफै अनियन्त्रित भई पैदल यात्री धरान-१६ का ५९ बर्षीय सुवास खड्कालाई ठक्कर दिई दुर्घटना हुदा घाईते भएका उनको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको हो । घटनामा संलग्न ठक्कर दिने सिटी चालक संखुवासभा घर भई हाल धरान-९ स्थित बस्दै आएका २१ बर्षीय किरण खड्कालाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय