उर्लाबारी । नेकपा माओवादी केन्द्र रतुवामाईको अध्यक्षमा टुकबहादुर कार्की विजयी हुनुभएको छ । शुक्रबार भएको निर्वाचनमा ३२ मत ल्याउँदै अध्यक्षमा कार्की निर्वाचित हुनुभएको हो ।
कार्कीका निकटतम् प्रतिष्पर्धी प्रदिप नेपालीले ११ मत र रुद्रप्रसाद पोखरेल (विनय) ५ मत ल्याउनुभएको थियो । कुल ४९ मतमध्ये ४८ मत खसेको थियो ।
त्यस्तै, उपाध्यक्षमा गोविन्द कोइराला, पुष्पबहादुर थापा र टेटनलाल ताजपुरिया सर्वसम्मत निर्वाचित हुनुभएको छ भने सचिबमा बविन भण्डारी सर्वसम्मत निर्वाचित हुनुभएको छ । सहसचिबमा पवित्रा घिमिरे र कोषाध्यक्षमा डम्मरुबल्लव पौडेल सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय