उर्लाबारी । मोरङको उर्लाबारीमा फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।
उर्लाबारी युवा क्लबको आयोजना हुने उक्त प्रतियोगिताका बारेमा शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । फागुन १० गते सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा कोशी प्रदेशका १० टिमको सहभागिता रहने क्लबका अध्यक्ष तुलबहादुर थापा (रोहित) ले जानकारी दिनुभयो । उर्लाबारी–६ स्थित राधिका माबिको खेलमैदानमा हुने उक्त प्रतियोगिताको विजेताले १ लाख १ हजार रुपैया र उपविजेताले ५५ हजार रुपैया, शिल्ड, मेडल र प्रमाणपत्र पाउने उहाँले बताउनुभयो । करिब ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको उक्त प्रतियोगिताका लागि उर्लाबारी नगरपालिकाले ४ लाख रुपैयाँ सहयोग रहने आयोजकका विशाल गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय