काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को निर्वाचित कार्यसमितिलाई पद तथा गोपनीयताको शपथ गराएको छ । बिहीबार काठमाडौँमा निर्वाचित कार्यसमितिलाई शपथ ग्रहण गराएको हो ।

अध्यक्ष डा.बाबुराम भट्टराईलाई निर्वाचन समिति संयोजकले शपथ गराएका हुन् । यस्तै अन्य पदाधिकारी र कार्यसमिति सदस्यलाई भट्टराईले शपथ गराए । नयाँ शक्तिको अध्यक्षमा डा.बाबुराम भट्टराई निर्वाचित भएका छन् । बिहीबार सम्पन्न मतपरिणामको अन्तिम नतिजा अनुसार प्रतिद्वन्द्वी नेत्र चापागाईँलाई पराजित गर्दै अध्यक्ष पदमा भट्टराई निर्वाचित भएका हुन् ।

त्यस्तै उपाध्यक्ष खसआर्यमा ईश्वर रिजाल, उपाध्यक्ष आदिवासीतर्फ टेकबहादुर बाठामगर विजयी भएका छन् । यसैगरी महासचिव खुल्लामा सोनामसिंह स्याङ्तान विजयी भएको निर्वाचन समितिले घोषणा गरेको छ ।

महाधिवेशनले भट्टराईले प्रस्तुत गरेको सांगठानिक तथा राजनीतिक प्रतिवेदन पारित गरेको छ । त्यस्तै प्रवक्ता कृष्ण शर्माद्वारा पेस गरेको विधान संशोधन प्रस्ताव पारित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय