उर्लाबारी । ३० औं जनयुद्ध दिवसको अवसरमा नेकपा (माओवादी केन्द्र) उर्लाबारीले मोरङको उर्लाबारी चोकमा दीप प्रज्वलन कार्यक्रम गरेको छ ।
प्रदेश सदस्य राजेन्द्र पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगर उपाध्यक्ष राजीव लिम्बुले स्वागत मन्तब्य राख्नुभएको थियो भने बुद्धिजिबी नेता केशव राई र विद्यार्थी सरोज किराँतीले बोल्नुभएको थियो । नगरसचिव पवन चौधरीले संचालन गर्नुभएको कार्यक्रमको अध्यक्षता माओवादी केन्द्र उर्लाबारीका नगर अध्यक्ष गजेन्द्र दंगालको रहेको थियो । कार्यक्रममा नौं वटै वडाका वडा अध्यक्ष , विद्यार्थी नेता तथा पार्टी कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय