उर्लाबारी । मोरङ क्षेत्र नं. १ का संघीय सांसद घनश्याम खतिवडाको चर्को आलोचना हुन थालेको छ ।
प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) लाई सांसद खतिवडाले पार्टी अध्यक्ष एवं प्रधामन्त्री केपी शर्मा ओलीलाई पार्टीको सांसद भएर मुर्दावाद भन्दै हिँड्ने तपाईंको हैसियत के हो ? वू इज कुशल लिम्बू ? भनेर एक अनलाइनमा भनेपछि आलोचना सुरु भएको हो । विकास प्रेमी तथा लोकप्रिय नेताको छबी बनाएका प्रदेश सांसद लिम्बूले भने यस बारेमा कुनै प्रतिकृया दिएका छैनन् । हैसियत खोज्ने मान्छेले आफ्नो पनि हैसियतमा बस्नुपर्छ । धेरै फुरफुर राजनीतिलाई हानिकारक हुन्छ गोविन्द अधिकारीले भनेका छन् । ओलीका हनुमानहरुको छटपटाहट सामाजिक सञ्जालमा छत्र पौडेलले लेखेका छन् । धेरैले सांसद खतिवडाको विरोध जनाइरहेका छन् । सांसद खतिवडा ओली पक्ष मानिन्छन् । उनले जितेको क्षेत्रमा माधब नेपालको पकड भएको क्षेत्र हो । अहिले नेपाल–प्रचण्ड एकठाउँमा उभिएपछि सांसद खतिवडाको छटपट्टि सुरु भएको विश्लेषण गर्न थालिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय