काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण विश्वभर १६ लाख ६८ हजार ३६७ जनाको मृत्यु भएको छ ।

हालसम्मको तथ्यांक अनुसार विश्वका ७ करोड ५२ लाख ८३ हजार ५०३ जना कोरोना संक्रमित भेटिएका छन् ।

यस्तै, ५ करोड २८ लाख ५३ हजार २३४ जनाको उपचारपछि निको भएका छन् ।

अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ ।

अमेरिकामा ३ लाख १७ हजार ९२९ जनाको मृत्यु भएको छ भने १ करोड ७६ लाख २७ हजार ०७० जनामा संक्रमित फेला परेका छन् ।

पहिलो पटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ ।

यस्तै, ब्राजिल, भारत, स्पेन, फ्रान्स, बेलायत, इटलीमा मृत्यू हुनेहरुको संख्या प्रत्येक देशमा ४० हजारभन्दा बढी पुगेको छ ।

इटलीमा मृत्यू हुनेको संख्या ६७ हजार भन्दा बढी छ ।

ब्राजिलमा १ लाख ८४ हजार ८७६, भारतमा १ लाख ४४ हजार ८२९, स्पेनमा ४८ हजार ७७७, फ्रान्समा ५९ हजार ६१९, बेलायतमा ६६ हजार ०५२ जनाको मृत्यु भइसकेको छ ।

विश्वका २१२ मुलुकमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि देखिएको छ ।

नेपालमा २ लाख ५१ हजार ६९२ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ भने हालसम्म १७४९ को मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय