मोरङ, झापा, सुनसरी र धनकुटा जिल्लाको विभिन्न स्थानबाट लागूऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ २९ गते प्रहरी चौकी शरणामतीबाट गस्तिमा खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा झापा अर्जुनधारा नगरपालिका-५ का २१ बर्षीय अनिस ठकुरीलाई ६०० मिलिग्राम ब्राउन सुगर सहित झापा गाउँपालिका-५ स्थितबाट नियन्त्रणमा लिएको हो ।
यसैगरी प्रहरी चौकी महारानीझोडा झापाबाट खटिएको प्रहरी टोलिले झापा नगरपालिका-४ स्थितबाट स्थानिय ५१ बर्षीय टिका पराजुलीलाई १७८ ग्राम लागू औषध गाजा सहित नियन्त्रणमा लिएको हो भने सुनसरी -८ स्थितबाट धरान उप-महानगरपालिका-६ का २४ बर्षीय मिर्जु कुमार श्रेष्ठलाई १०५ मिलि ग्राम ब्राउन सूगर सहित इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टेलिले पक्राउ गरेको हो ।
यसका साथै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट चेकजाँचको खटिएको प्रहरी टोलिले सुनसरीको लौकही गाउँपालिका-१ स्थितबाट सुनसरीको बराक्षेत्र नगरपालिका-८ का २७ बर्षीय अर्जुन माझीलाई प्रतिबन्धित लागूऔषध ट्रमाडोल १३२ पत्ता सहित नियन्त्रणमा लिएको हो भने धनकुटा सहिदभुमि गाउँपालिका-६ का २४ बर्षीय पर्वत पौडेललाई प्रहरी चौकी आखिसल्ला धनकुटाबाट खटिएको टोलिले ट्रामानिल २१ क्याप्सुल र लागुऔषध गाँजा १२० ग्राम सहित नियन्त्रणमा लिएको छ ।
लागूऔषध सहित पक्राउ परेका सबैजनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भई रहेको छ ।
ADVERTISEMENT