![](https://www.purbicommand.com/wp-content/uploads/2021/07/sarbochcha-adalat.jpg)
काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरा मन्दिर संरक्षणसँग जोडिएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ ।
आदिवासी कानुन व्यवसायी सङ्घका तर्फबाट लक्ष्मी तामाङले सर्वोच्चमा रिट निवेदन पेस गरेकी थिइन् । तर, रजिष्ट्रार भद्रकाली पोखरेलले दर्ता गर्न अस्वीकार गरेका हुन् ।
उस्तै विषयसँग सम्बन्धित विवाद विचाराधीन रहेकोले रिट अस्वीकार गरेको सर्वोच्चले जनाएको छ । किराँत याक्थुङ चुम्लुङका तर्फबाट आईन्द्र कुमार लिम्बुले ३ फागुन, २०७७ मा दर्ता गरेको रिट निवेदन सर्वोच्चमा विचाराधीन छ ।