![](https://www.purbicommand.com/wp-content/uploads/2023/03/accident_info_car.jpg)
विराटनगर, सुनसरी र पाँचथरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । माघ २८ गते सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थितमा प्रदेश १-०२-००२ च ५४७९ नम्बरको पिलअप भ्यानले प्रदेश १-०२-०५१ प ४९९५ नम्बरको स्कुटरलाई ठक्कर दिदा घाईते भएका स्कुटर चालक धनकुटा सहिदभुमी गाउँपालिका-१ का २५ बर्षीय सुमन राईको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको हो भने पाँचथरको याङबरक गाउँपालिका-२ स्थित मे.१ त ६८९४ नम्बरको ट्याक्टर आफै अन्यन्त्रित भई सडकबाट करिव २ सय मिटर तल झरी दुर्घटना हुँदा ट्याक्टर चालक याङबरक गाउँपालिका-१ का २७ बर्षीय दिनेश चौहानको घटनास्थलमा नै मृत्यु भएको हो ।
ठक्कर दिने पिकअप चालक उदयपुर बेलका नगरपालिका-३ का २१ बर्षीय सविन साह तेलीलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहको छ ।