
उर्लाबारी । मोरङको उर्लाबारी–२ सुनझोडास्थित कुलोमा डुबेर सोमबार एक किशोरको मृत्यु भएको छ ।
१७ वर्षीय सनम निरौलाको शव स्थानीयहरूले कुलोमा फेला पारेपछि प्रहरीलाई खबर गरिएको थिए । इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार मृतकको शव पोष्टमार्टमका लागि उर्लाबारी–३, मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा पठाइएको छ । घटनाको वास्तविक कारण भने पोष्टमार्टम रिपोर्टपछि मात्र खुल्ने प्रहरीले जनाएको छ ।