
उर्लाबारी । मोरङको उर्लाबारीका दुई जना सञ्चारकर्मी सम्मानित हुनुभएको छ ।
सोमबार मोरङको उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयको ५६ औं बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा सञ्चारकर्मी सरोज बस्नेत र घनश्याम भण्डारी सम्मानित हुनुभएको हो । विद्यालयका गतिबिधिहरुलाई प्राथमिकताका समाचार सम्प्रेषण गरेको भन्दै पूर्वी कमाण्ड मिडियाका सञ्चालक बस्नेत र उर्लाबारी न्यूजका सम्पादक भण्डारीलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ । दुबै जनालाई कोशी प्रदेश प्रमुख परशुराम खापुङ्ग, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लोलिम पोमु र प्रधानाध्यापक कुमार पोखरेलले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । दुबै जना पत्रकार सो विद्यालयका पूर्व विद्यार्थीसमेत रहनुभएको छ । बर्षेनी विद्यालयले पत्रकारहरुलाई सम्मान गर्दै जाने विद्यालयले जनाएको छ ।