उर्लाबारी । उर्लाबारीका चर्चित युवा व्यवसायी योगराज कार्कीको मोबाइल पसलमा माघ २१ गते सोमबार विहान चोरी भयो । नगद ९ लाख सहित ३ करोड बराबरका मोबाइलहरु चोरी भए ।
उर्लाबारी–५ को मुख्य चौकमा रहेको मोबाइल वल्र्डमा भएको चोरी अहिलेसम्मकै मोबाइल पसलहरुमध्येको ठूलो चोरी हो । इलाका प्रहरी कार्यालय उर्लाबारीको १५० मिटर दुरीमा रहेको पसलमा १ घण्टा भन्दा बढी समय लगाएर नकावधारी समूहले चोरी गर्दा कसैले चाल नै पाएनन् । सिसीटिभी फुटेजमा दुई जनाले चोरी गरेको देखिन्छ । तर, हालसम्म चोरीमा संलग्न प्रहरी फन्दामा परेका छैनन् । प्रहरीले खोजी कार्य भइरहेको जनाएको छ ।
रातदिन चोरीमा संलग्नको खोजीमा प्रहरीसँग हिँड्नु भएका सञ्चालक कार्की फेरि व्यवसायमा फर्किने तयारीमा हुनुहुन्छ । उहाँले सामाजिक सञ्जालमार्फत बाँकी तिरिदिन अपिल गर्नुभएको छ । उहाँले लेख्नुभएको छ–‘कि अब त खाडी जा भन्नुहोस्, होइन भने बाँकी तिरिदिनुहोस्, म यहीँ फेरि उठ्न चाहन्छु ।’ यो अवस्थामा मोबाइल वल्र्डबाट बाँकी लग्नु भएका सबैले तिरेर पुनः उहाँलाई व्यवसायमा पुर्नस्थापित गर्न आवश्यक छ । आइतबारदेखि उहाँले व्यवसाय सुरु गर्ने सामाजिक सञ्जालमार्फत नै जानकारी गराउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय