उर्लाबारी । नेकपा (माओवादी केन्द्र) रतुवामाईको दोस्रो नगर अधिवेशनले ४९ जना नगर सदस्य सर्वसम्मत निर्वाचित गरेको छ ।
शनिबार भएको अधिवेशनले ४९ जना नगर सदस्य सर्वसम्मत निर्वाचित गरेको हो । ४९ जना मध्येबाट पदाधिकारी छनौट गरिने जनाइएको छ । फागुन २ गतेसम्म सर्वसम्मत पदाधिकारी चयनका लागि पहल गरिने र त्यसपछि पनि नभए निर्वाचन प्रक्रियाबाट पदाधिकारी छान्ने तयारी गरिएको छ ।
अध्यक्षलगायत पदमा आकांक्षी धेरै देखिएका छन् । त्यसकारण सर्वसम्मत नेतृत्व चयनमा सकस परेको छ । तथापी सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको माओवादीले जनाएको छ । निवर्तमान उपाध्यक्ष प्रदिप नेपालीलाई अध्यक्ष बनाउन पर्ने पक्षमा अधिकांश कार्यकर्ताको जोड छ । युवा र बेतिथिका बारेमा खरो रुपमा उत्रने नेपाली स्थानीय लोकप्र्रिय युवाका नेता मानिनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय