सुनसरी, सुनसरीको छुट्टा छुट्टै स्थानबाट लागुऔषध गाँजा बोकेको २ वटा सवारी साधन र एउटा मोटरसाईकल प्रहरीले प्रहरीले नियन्त्रणमा लिएको छ । माघ २४ गते बिहान ३ बजे विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय चिमडी र इलाका प्रहरी कार्यालय हरीनगरबाट खटिएको प्रहरी टोलीले संकास्पद अवस्थामा रहेको HR70E9502 नम्वरको स्कारपिओ गाडी रोक्न खोज्दा नरोकी भागए पछि देवानगंज-७ स्थितमा अनियन्त्रित भई सडक भन्दा १० फिट तल झरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले उक्त स्कारपियोबाट १० बोरा गाँजा, सोही स्थान नजिक रहेको ४ पोका गाँजा समेत (२९६ किलो ८५० ग्राम) र प्रदेश २-०३-००९ प ०९९७ नम्वरको मोटरसाईकल बरामद गरेको थियो । यसै गरी २४ गते बेलुका इटहरी उप-महानगरपालिका-१७ स्थितबाट ट्राफिक समेतको सयुक्त चेकिङ टोलिले चेकजाँचको क्रममा बा. २ च ३४६५ नम्वरको टाटा सफारी गाडीमा ८ पोका (२ सय ३० किलो १५० ग्राम) गाँजा बरामद गरेको छ भने सोही दिन राती कोशी गाउँपालिका-३ स्थित नेपाल भारत सिमा नजिकमा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी गस्ती टोलीले २ वटा वोरामा ४६ किलो ५६० ग्राम गाँजा बरामद गरेको थियो ।
बरामद भएका गाँजा र सवारी साधनको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान तथा आवश्यक कानूनि कारवाही भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय