काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एघार जना सह–सचिवको सरुवा गरेको छ ।

बुधबार भएको सरुवाअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सह–सचिव एवम् प्रवक्ता तारानाथ अधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ ।

संघीय मन्त्रालयले अर्थ मन्त्रालयका सह–सचिव झक्क आचार्यलाई गृह मन्त्रालयमा सरुवा गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सह–सचिव छवि रिजाललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सह–सचिव बुद्ध गुरुङलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयका राजेश पौडेललाई लोकसेवा आयोगको कार्यालय, राष्ट्रपति कार्यालयका बद्री अधिकारीलाई श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय, सूचना विभागका महानिर्देशक किरणराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कमल भट्टराईलाई प्रदेश नम्बर १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरिएको छ ।

प्रदेश नम्बर ३ का मधुसूदन बुर्लाकोटी युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । बुर्लाकोटीको ठाउँमा गृह मन्त्रालयका सह–सचिव नारायण भट्टको सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय