काठमाडौं । सहारा सहकारीको रकम हिनामिनामा ठगी मुद्दामा थुनछेक बहस नसकिएपछि रास्वपाका सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको छ ।

चितवन अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई हिरासतमा पठाउन आदेश दिएको हो ।

उनलाई भोलि बिहान १० बजे अदालतमा उपस्थित हुनेगरी न्यायिक हिरासतमा पठाउने आदेश दिइएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।

 

बुधबार सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने र सहायक न्यायाधिवक्ताहरु अमृत सुवेदी र बुद्धबहादुर थापाले बहस गरेका छन् ।

आजलाई बहसको सिलसिला बिट मारिएको र भोलि बिहानबाट पुनः बहस सुरु हुनेछ । लामिछानेको बयान सकिएपछि थुनछेक बहस सुरु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय