उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका–५ मा रहेको मोबाइल वल्र्डमा सोमबार विहान ठूलो परिमाणमा चोरी भएपछि प्रहरीले खोजी कार्यमा सक्रियता बढाएको छ ।
सटरको ताला फुटाएर एक समूहले कार्कीको पसलबाट ठूलो परिमाणमा मोबाइल तथा नगद चोरी गरेपछि खोजी कार्यमा सक्रियता बढाएको हो । सोमबार रातभरी प्रहरी इटहरीलगायत क्षेत्रसम्म पुगेर अनुसन्धान गरेको छ । चोरीमा ठूलो गिरोह नै परिचालन भएकाले त्यसको अनुसन्धानमा प्रहरीले कुनै कसुर बाँकी नराखी काम गरिरहेको प्रहरीले जनाएको छ । ९ लाख रुपैयाँ नगदसहित विभिन्न ब्रान्डका ४ सय थान मोबाइल चोरी भएको थियो । ३ करोडभन्दा माथि चोरी भएको प्रारम्भिक अनुमान गरिएको छ । चोरीमा संलग्नको खोजीका लागि इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालको नेतृत्वमा टोली खटिएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारी, जिल्ला प्रहरी कार्यालय मोरङ र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट पनि टोली परिचालन गरी चोरीमा संलग्नहरुको खोजी कार्य तीब्र बनाएको छ । नाका क्षेत्रमा पनि प्रहरी टोली परिचालन गरिएको छ । पसल र सार्वजनिक स्थलमा रहेको सीसी क्यामेरा फुटेज संकलन र अध्ययन समेत प्रहरीले गरिरहेको छ ।
कार्की मुख्यतया पूर्वमा एप्पल कम्पनीको आइफोन मोबाइलका रिटेलर व्यवसायीको रुपमा परिचित रहनुभएको छ । उहाँले आइफोन नयाँ र पुराना (सेकेन्डह्यान्ड) मोबाइल बिक्री गर्दै आउनुभएको छ । यसबाहेक उहाँले सामसुङ, रियलमी, रेडमी कम्पनीका मोबाइलहरू बिक्री गर्दै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय