झापा । झापाको कन्काई नगरपालिका ४ मा प्रहरीले गोली प्रहार गरी दुईजना भारतीय लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

आज साँझ कन्काई ४ मा दुईजनाले लागूऔषध लुकाएर राखेको भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यालय सुरुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाको संयुक्त टोलीले पक्राउ गर्न खोजेको थियो । त्यसक्रममा उनीहरु भागेपछि खेदाउने क्रममा प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको थियो । तर पनि भागेपछि दुई राउन्ड गोली हानेर लागूऔषधसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । एकजनाको खुट्टामा दुई गोली लागेको छ । दुवैजनालाई पक्राउ गर्न प्रहरी सफल भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी वरिष्ठ नायव निरीक्षक राधाकृष्ण दाहालले बताए ।

पक्राउ पर्नेहरुमा भारत डिघलबैंकका अन्जार आलम र उनका भाई युसुफ आलम रहेका छन् । एकजनालाई नियन्त्रणमा लिएको र अर्का घाइतेलाई उपचारका लागि कन्काई नगर अस्पतालमा भर्ना गरिएको छ । उनीहरुको साथबाट ३५ ग्राम ब्राउनसुगर बरामद भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय