
उर्लाबारी । नेकपा (माओवादी केन्द्र) उर्लाबारी नगर कमिटीले उर्लाबारीको मुख्य चौक क्षेत्रमा भएको चोरी घटनाको सुष्म अनुसन्धान गरी चोरीमा संलग्नलाई चाँडो पक्राउ गर्न माग गरेको छ ।
नेकपा माओवादी केन्द्र उर्लाबारी नगर कमिटीका अध्यक्ष गजेन्द्र दंगालले उर्लाबारी–५ को मुख्य चौक क्षेत्रमा रहेको मोवाइल वल्र्ड पसलमा नगदसहित ठूलो परिणाममा मोबाइल चोरी हुनु दुखको कुरा भएको बताउँदै चोरीमा संलग्नलाई चाँडो पक्राउ गर्न माग गर्नुभएको हो । ठूलो परिमाणको चोरीको घटनाले व्यवसायी असुरक्षित भएको र शान्ति सुरक्षा प्रभावकारी बनाउनसमेत उहाँले प्रहरी प्रशासनलाई आग्रह गर्नुभएको छ । उहाँले चोरीमा संलग्न ब्यक्तिहरुलाई पक्राउ गरी क्षतिपूर्ति सहित हदैसम्मको कारवाही गर्न माग गर्नुभएको छ ।