उर्लाबारी । मोरङको उर्लाबारी–५ मुख्य चौकमा रहेको मोबाइल वल्र्डबाट ३ करोड भन्दा बढीको चोरी भएको छ ।
गएराती करिब १२.४५ को समयमा दुई जनाको समूहले मोवाइल पसलभित्र रहेको ४ सय वटा मोबाइल, नगद ९ लाख गरी ३ करोड भन्दा बढी चोरी गरेको हो । इलाका प्रहरी कार्यालय उर्लाबारी नजिकै रहेको उक्त पसलको पछाडिको गेटबाट छिरेर चोरी गरेको सिसी क्यामेरा फुटेजमा देखिएको छ । सिसी क्यामेरा फुटेजमा दुई जना नकाव लगाएका ब्यक्तिहरुले चोरी गरेको देखिएको छ । प्रहरीले चोरी गर्ने समूहको चोरी कार्य तीब्र पारेको जनाएको छ ।
ADVERTISEMENT