काठमाडौं । सहकारी ठगी आरोपमा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोलीले आइतबार बिहान थापालाई पक्राउ गरेको हो । उनीमाथि कुमारी सहकारी संस्थाको डेढ अर्ब रुपैयाँ अपचलन गरेको आरोप छ ।
कुमारी सहकारीको अनुसन्धान प्रतिवेदन गत वर्ष नै प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।