उर्लाबारी । पाथीभरा मुक्कुमलुङमा केबुलकार योजना खारेजीको माग गर्दै आन्दोलनरत समूहले आइतबारदेखि सुरु गरेको अरुण पूर्वका ९ जिल्ला बन्दको पहिलो दिन झापाको दमक अशान्त बनेको छ ।
बन्दकर्ता र प्रहरीबीच पटकपटक झडपको घटना भएको छ । आइतबार दिउँसोदेखि शुरु भएको झडपका क्रममा एक जनालाई टाउकोमा चोट लागेको छ । आन्दोलनकारीहरुले साना ठुला गरि तीन वटा सवारीमा तोडफोड गरेका छन् । बन्द गराउने समुहका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ भने तनावग्रस्त अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ । झडपका क्रममा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ३ सेल अश्रुग्यास प्रहार गरेको छ । हाल सवारी साधनहरु बैकल्पिक बाटोबाट आवातजावत गरिरहेको जनाइएको छ । यातायात अवरुद्ध पार्न खोज्दा अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ ।
ADVERTISEMENT