उर्लाबारी । उर्लाबारी उद्योग बाणिज्य संघको आयोजनामा फागुन १५ गतेबाट महोत्सव गर्ने भएको छ ।
शनिबार संघको सभाहलमा भएको छलफल कार्यक्रमले १ सय ५५ सदस्यीय मूल आयोजक समिति गठन भएको हो । उर्लाबारी कृषी तथा औद्योगिक महोत्सव २०८१ को तयारी थालिसकेको अध्यक्ष तारामान सिरेङले जानकारी दिनुभयो । महोत्सवलाई पृथक बनाउन सबैको साथ र सहयोगको अपेक्षा गरेको उहाँले बताउनुभयो ।
उहाँले उद्योग व्यवसायको प्रर्वद्धनसँगै आर्थिक क्षेत्रलाई चलयमान बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको जानकारी दिनुभयो । महोत्सव सञ्चालन गर्र्नेे बिषयमा नगरपालिका, संघका पूर्वअध्यक्ष, राजनितीक दलहरुका प्रतिनिधिहरुले आ–आफ्नो सुझाव राखेका थिए ।
ADVERTISEMENT