उर्लाबारी । उर्लाबारी–७ स्थित लालीगुराँस इङ्लिस बोर्डिङ स्कुलले फुड फेस्टिभल तथा सांस्कृतिक कार्यक्रम गरेको छ ।
विद्यालय प्राङ्गणमा शनिबार फुड फेस्टिभल तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो । विद्यार्थीले बनाएका विभिन्न परिकार प्रदर्शनीमा राखिएको थियो भने बिद्यार्थीले सांस्कृतिक कार्यक्रम समेत गरेका थिए । कक्षागत पढाईसगैं ब्यवहारिक ज्ञानमा जोड दिँदै विद्यालयले उक्त कार्यक्रम गरेको प्रिन्सिपल श्याम बस्नेतले जानकारी दिनुभयो । विद्यालयले हरेक वर्ष विद्यार्थी अन्र्तनिहित प्रतिभा तथा क्षमता प्रस्फुटन गराउन यसखाले रचनात्मक कार्य गर्दै आएको उहाँको भनाई छ ।

May be an image of one or more people and temple

फुड फेस्टिभलबाट विद्यार्थीले कुन परिकार कसरी पकाईन्छ, त्यसमा प्रयोग हुने सामाग्री लगायतका ब्यवहारिक ज्ञान समेत पाएको विद्यालयका सञ्चालक राजेश महेश्वरीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘यस किसिमको रचनात्मक क्रियाकलापमा विद्यार्थीहरुले बढी ध्यान दिन्छन् ।’ विद्यार्थीलाई शैक्षिक र अतिरिक्त क्रियाकलापमा सक्रिय गराउँदै असल नागरिक निर्माण गर्ने उद्देश्य लिएको महेश्वरी बताउनुहुन्छ । अनुभवी शिक्षक शिक्षिकाको टिमले विद्यार्थीलाई सिर्जनात्मक बनाउने, स्थानीय स्रोत साधनको अधिकतम प्रयोग गरी शिक्षण गर्दै आएको उहाँको भनाई छ । सञ्चालक महेश्वरीका अनुसार उर्लाबारी–७ मै विद्यालयको सुविधासम्पन्न भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।

May be an image of 9 people, people dancing and text

४ करोड लागतमा २४ कोठाको तीन तले भवन निर्माण अन्तिम चरणमा पुगेको र २०८२ को नयाँ शैक्षिक सत्रबाट नयाँ भवनबाट कक्षा सञ्चालन गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । ८ कट्ठा क्षेत्रफलमा निर्मित भवन चाँडै सम्पन्न हुने तरखरमा रहेको उहाँले बताउनुभयो । कार्यक्रममा उर्लाबारी नगरपालिकाका युवा, खेलकुद तथा शिक्षा शाखाका प्रमुख शालिग्राम काफ्लेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको थियो । प्रमुख काफ्लेले विद्यार्थीहरुलाई पाठ्यक्रमको पढाईसँगै व्यवहारिक ज्ञानको समेत आवश्यक हुने बताउनुभयो ।

May be an image of 15 people, people dancing and text

उहाँले विद्यार्थीले कक्षा कोठामा सिकेको सीपलाई व्यवहारमा उतार्दै उत्पादन र मार्केटिङ सीपको विकास गर्ने उद्देश्यले आयोजना गरिएको फुड फेस्टिभलले ब्यवसायी वा स्वरोजगार बन्न प्रेरित गरेको बताउनुभयो । उक्त कार्यक्रममा विद्यार्थीहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । सो फेस्टिबलमा पकाईएको सामाग्री तथा खानेकुरा विद्यार्थी स्टलमार्फत विक्री समेत गरेका थिए । स्कुलका संस्थापक अमर धिमाल, अभिभावक प्रभु राईलगायतले बोल्नुभएको थियो । कार्यक्रम सञ्चालन विद्यार्थीहरु आकृति बराल र सुदर्शन थापाले गर्नुभएको थियो ।

May be an image of 7 people and clarinet

May be an image of 10 people and dais

May be an image of 12 people

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय